spot_img

भातृ संस्था समन्वय विभागमा साउदले गरेको मनोनयनमा देउवाको असन्तुष्टि

spot_img
spot_img

बाँके । कांग्रेस केन्द्रिय सदस्य एवं भातृ तथा सुवेच्छुक संस्था समन्वय विभागका प्रमुख एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारीनै नदिई विभागको उपप्रमुख र सदस्यमा दुई जना विवादास्पद व्यक्तिको मनोनयन गरेका छन्।

विहिबार साउदले उपप्रमुखमामा बैकिङ कसुरमा मुद्दा खेपी रहेका विष्णु धिताल र सदस्यमा नेपाल विद्युत प्राधिकरणका पूर्व विवादास्पद कार्यकारी निर्देशक मुकेश काफ्लेलाई मनोनयन गराएका छन्। स्रोतका अनुसार देउवाले साउदलाई फोन गरेर विवादास्पद व्यक्तिलाई किन विभागको जिम्मेवारी दिएको भनेर हप्काएका छन् । धिताल र काफ्नेसँग साउदको निकै हिमचिम छ ।

उपप्रमुखमा नियुक्त लम्जुङका धितालले एपेक्स बकैको अध्यक्ष भएका बेलामा एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा पक्राउ परेका थिए ।

२०७२ मङ्सिरमा एपेक्स डेभलोपमेन्ट बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क एनसीसी मर्जरको प्रक्रियामा रहेको बेला उनीहरूले योजनमाबद्ध रूपमा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनीहरूले कमसल धितो, नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रहरीको दाबी छ।

त्यसै गरि सोहि विभागमा सदस्य नियुक्त भएका काफ्ले अझै विवादीत व्यक्ती हुन् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोड सेडिङ बढाएको भन्दै उनको चौतर्फी आलोचना हुँदै आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय