बाँके २० भदाै । शनिबार कोहलपुरका ४ वर्षिय बालकसहित ३ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।
कोहलपुर नगरपालिकाद्धारा ब्यवस्थापन गरीएको आईसोलेशन सेन्टरमा बस्दै आएका ब्यक्तिहरुमध्ये शनिबार ३ जनालाई डिस्चार्ज गरीएको कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दिए ।
डिस्चार्ज भएका तिनै जनालाई अझैं केही दिन होम क्वारेनटाईनमै बस्न आग्रह गरीएको छ ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेल र प्रवक्ता रिजालले फुल गुच्छा लिएर उनिहरुलाई बिदाई गरेका थिए ।
कोहलपुर न्यूरोडको अतिथि होटललाई नगरपालिकाले आफ्नै खर्चमा आईसोलेशन सेन्टरका रुपमा विकास गरेको बताउँदै प्रवक्ता रिजालले उक्त सेन्टरमा अझैं २७ जना संक्रमितको उपचार भईरहेको जानकारी दिए ।




