चौधरी ग्रुपका ४२ मजदुरमा देखियाे कोरोना

spot_img

बर्दिया । चौधरी गु्रपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको बर्दियाका स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभएको छ ।

केही दिनअघि यसै कारखानामा काम गर्ने एकजनामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आइतबार उनीहरुमा पोजिटिभ देखिएको हो । ठूलो संख्यामा मजदुरमा संक्रमण देखिएपछि चाउचाउ उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक प्रजिअ अधिकारीको अध्यक्षतामा बसेको बैठकले बासगढी नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय