आज र भाेलि भारी वर्षाको सम्भावना

spot_img

काठमाडौं, २३ भदौ- आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेका सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का १/२ स्थानमा भारी वर्षाको सम्भावना छ । ती स्थानमा वर्षासँगै बाढीपहिराे आउन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानीय वायुको पनि प्रभाव कायमै रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार भोलि दिउँसो प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय