मिडिया हुन् कि भेडा ?

spot_img

काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या घटनाले नयाँ मोड लिइरहेको छ। उक्त घटनामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती नराम्रोसँग फसेकी छिन्।

सुशान्तका बुवाले सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको तथा आर्थिक नोक्सानी पुर्‍याएको आरोप लगाउँदै रियाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

उक्त उजुरीबारे सीबीआईले अनुसन्धान गरिरहेको छ। आरोप पुष्टी हुने आधार भने अहिलेसम्म फेला परेको छैन्। तर, उनीमाथि लागुऔषध प्रयोग तथा कारोबारेको अर्को मुद्दामा पनि छानविन भइरहेको छ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनीसहित १२ जनामाथि लागूऔषध मुद्दामा अनुसन्धान गरिरहेको छ। उनी दैनिक एनसीबी अफिस जानिछन्। उनीमाथि घण्टौसम्म सोधपुछ हुन्छ। पछिल्लो दुई दिनमा उनीसँग १४ घण्टा सोधपुछ भएको थियो।

एनसीबीको अफिस जाँदा र घर फर्किदा भने मिडियाबाट आजित भइसकेकी छिन्। मिडियाले अनावश्यक रूपमा पछ्याउने, तथ्यहीन समाचार सम्प्रेषण गर्ने, आफैं न्यायाधीश बने जसरी फैसला गर्ने जस्ता कारणले उनी समस्यामा परेकी हुन्।

उनी आफ्नो बयानका लागि एनसीबीको अफिस पुगिन्। त्यसपछि भने उनलाई मिडियाका क्यामेराले घेरे। मिडियाकर्मीले न भौतिक दूरीको ख्याल गरे, न त रियाको मौलिक हकको सम्मान नै गरे। मिडियाकर्मीसँग रियाको ठेलाठेलसम्म भयो। प्रहरीले जवर्जस्ती गरेर एनसीबीको अफिसभित्र पुर्‍याएको थियो।

एकातिर उनी विभिन्न मुद्दाको सामना गरिरहेकी छिन्, भने अर्कोतिर मिडिया ट्रायलको चपेटामा छिन्। ६ सेप्टेम्बरमा उनीमाथि मिडियाकर्मीबाट भएको व्यवहारले बलिउडकर्मीले मिडियामाथि आक्रोश व्यक्त गरेका छन्।

कलाकार परेश रावलले मिडिया हुन् कि भेडा हुन भन्दै प्रश्न गरेका छन्। त्यस्तै अभिनेत्री तापसी पन्नुले न्यायको नाममा मिडियाले एक व्यक्तिलाई दोषी सावित गराउन खोजेको बताइन्। उसको बाँच्न पाउने अधिकार वञ्‍चित गरिएको बताइन्। उनले ट्वीटरमा लेखेकी छिन्, “म इमान्दार भएर प्रार्थना गर्छु कि, कर्मले यी सबै मानिसहरूलाई पत्ता लगाएर उनीहरूसँग हिसाब लिनेछ। जो मानवजातीमा यति तल्लो स्तरमा गिरेका छन्।”

त्यस्तै नायिका भूमिका चावलाले पनि हाम्रो मिडियाले भौतिक दूरी तथा मानिसहरूको सम्मान गर्न सिक्नु जरूरी रहेको बताइन्। चलचित्र निर्माता अनुभव सिन्हाले पनि ट्वीटरमा कानूनभन्दा माथि रहेका मिडियाले आफ्नो घटियापन देखाइरहेको बताए।

अन्य बलिउडकर्मीहरूले पनि रियामाथि भइरहेको मिडिया ट्रायलका विषयमा आवाज उठाइरहेका छन्। उनीमाथि छानविन भइरहेको दोषी पाइएको खण्डमा उनी सजायको भागेदार हुने तर, मिडिया आफैं न्यायायधीश बनेको बलिउडकर्मीहरूको आरोप छ। कुनै पनि घटनामा मिडिया ट्रायल रोक्न समेत माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय