काठमाडौं । भारतको लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले रिया चक्रवर्तीलाई गिरफ्तार गरेको छ । बलिउड नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रियालाई एनसीबीले गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही समय अघि मात्र रियाकी भाई शौविक चक्रवर्ती पनि गिरफ्तारमा परेका थिए। सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा यो तेस्रो गिरफ्तारी भएको बताइएको छ ।
यसअघि सुशान्तकै म्यानेजर स्यामुअल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो।
सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान गरिरहेको छ।
तर सीआइबीको अनुसन्धानमा रियाको च्याटबाट लागुऔषधको धन्दाबारे तथ्य पत्ता लागेपछि एनसीबीले पनि अनुसन्धान गरिरहेको छ।

