आत्म-हत्याबाट बचाउने उपायहरु

spot_img

मुनीलाल बैठा
मनोविमर्शकर्ता

ब्रद्ममाजी ले संसारका सवै भन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा मानिसलाई बनाएका हुन् बनाउनको उद्ेश्य आफ्नो पनि रक्षा गर्नु र अरु प्राणीको हेरविचार गर्नु थियो तर मानिसले अरुको रक्षा गर्नु टाढाको कुरा आफ्नै राक्षा गरिरहेका पाईदैन बरु आत्महत्या जस्ता घृणीत कार्यमा संलग्न गराउदा ब्रद्ममाजी लाई नै लज्जित बनाएको छ । हामीले अहिले कोभीड माहामारीको बेलामा आत्महत्याको खबर विभिन्न समाचारको माध्यमबाट दिनहु सुनिरहेका हुन्छौ र सोची रहेका हुन्छौ मानिस आफ्नो ज्यान आफै किन लिन्छ रु मानिस कुनै घटना हुने वितीकै आत्महत्या गरिहाल्छ की घटनाको केही समय पछाडी आत्महत्या गरेको हुन्छ रु आत्महत्या गर्नु भन्दा पहिला आत्महत्या गर्ने व्यतिmले केही लक्षण देखाएको हन्छ की हुदैन रु र यसलाई कसरी न्युनीकरण गर्ने सकिन्छ यस्ता धेरै प्रश्नहरु घटना सुन्ने वितीकै वा घटनाको बारेमा पढिसके पछि मनमा उत्पन्न हुन्छ र जसरी घटना सेलाउँदै जान्छ त्यसरी नै हाम्रो प्रश्न पनि सेलाउदै जान्छ । यी नै प्रश्नहरुको सेरोफेरोमा यो लेख आधारीत छ ।

साधारणतया आत्महत्या भनेको कुनै व्यतिmले आफ्नो ज्यान आफै लिने कार्यलाई आत्महत्या भन्निछ । विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा प्रत्ययेक पाँच दिनमा एक जना व्यतिmले आत्महत्या गर्दछ । व्यतिmले आफ्नो ज्यान आफै लिनुको पछाडी हजारौ कारणहरु मध्ये माहामारी, असफलता, खोजेको कुरा प्राप्त नहुनु, चरम आर्थीक समस्या, पारिवारिक कलह, परिक्षामा असफल हुनु, प्रेममा विछोड, लामो समय सम्म आफन्तबाट टाढा बस्नु, समाजिक प्रतिष्ठमा आच आउनु, चिन्ता र तनाव ९ ब्लहष्भतथ बलम म्भउचभककष्यल ० यिनै आर्थीक, समाजिक र मानसीक कारणहरु प्रमुख रहेको छन् । अध्ययनले के देखाउँछ भने आत्महत्या गर्नेमा साधारण मानिस देखि विद्धान, महिला,पुरुष, बच्चा देखी बुढा तथा गरिव देखी धनी समुहका मानिसहरु यस कार्यमा संलग्न रहेको पाइन्छ । साधारणतया कोही पनि आफ्नो ज्यान आफै लिन चाहन्न तर विभिन्न बाध्यता बस त्यसतो कार्यमा संलग्न हुन्छ । आत्महत्या गर्ने सवै जनाले चेतावनीका लक्ष्णहरु  देखाएका हुन्छ किनकी उनीहरु बाँच्न खोजेको हुन्छ । चेतावनीका संकेत पहिचान गर्न सकियो भने जो कोहीले आत्महत्या गर्ने व्यतिmको ज्यान बचाँउन सक्छ । चेतावनीका संकेत भन्नाले व्यतिm आत्महत्या गर्न पुर्व देखाएका लक्षणहरु हुन जुन यस प्रकार तल उल्लेख गरिएको छ ।

चेतावनीका संकेतहरु :
• बारम्बार आत्महत्याको प्रयास गर्नु
• आत्महत्या गर्ने सामग्रीको तयारी
• आफुलाई असाध्यै मनपर्ने कुराहरु अरुलाई सजिलै दिनु
• अरुको बक्यौता तिर्नु
• पुरानो शत्रुसंग मेलमिलाप गर्नु
• चालक हो भन्ने अत्यधिक गतिमा गाडी कुदाउनु
• अग्लो ठाउँवाट हाम फाल्नु
• हातखुट्टा काट्नु
• डरलाग्दो स्थानमा सजिलै जान सक्नु
• अत्यधिक धूमपान तथा मद्यपान सेवन गर्नु
• आत्महत्याको कारण अन्तिम पत्र लेख्नु
• मर्न सजिलो उपायहरु बारे अरुहरु संग सल्लाह गर्नु

यी माथी उल्लेखित चेतावनीका संकेतहरु पता लगाउन सकियो भन्ने कुनै पनि व्यतिmलाई आत्महत्या गर्न बाट बचाउन सकिछ र त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

आत्महत्यावाट बचाउने उपायहरु ः
• विधालयमा सम्मानका साथ शिक्षण सिकाईको वातावरण तयार गर्ने ।
• परिवारिक वातावरण शान्त बनाउने तथा अनावश्यक अनुशासनलाई निरुतसाहित गर्ने
• आत्महत्या गर्ने व्यतिmको कुरा राम्री सुन्नु पर्दछ आफुलाइ उसको कुरा सुन्न समस्या भयो भन्ने उसले विश्वास गर्ने व्यतिmहरुको मदत लिनु पर्दछ ।
• घरमा तथा बाहिर एक्लै नछोडने एक दुइ जना संगै बस्नु पर्दछ जसले गर्दा उसले योजना बनाउन समय पाउदैन ।
• हरेक गतिविधि ध्यान पुर्वक नियाल्नु पर्दछ र त्यसमा सर्तकता अपनाउनु पर्दछ ।
• जुन कुरावाट उसलाई समस्या भइरहेको छ त्यस बारेमा चर्चा नै नगर्ने ।
• आत्महत्या गर्ने व्यतिmको नजिकबाट धारिलो हतियार तथा अन्य आत्महत्यामा प्रयोग हुने सामगी्रहरु टाढै राख्ने ।
• मनोविमर्शकर्ता तथा मनोचिकित्सक को सहायता लिनु उपयुतm हुन्छ ।
• आत्महत्याको विरुद्धमा जनचेतना जगाउने । हुन त विश्व स्वास्थय संगठनले सेप्टेम्बर १० लाई आत्महत्या दिवसको रुपमा मनाउँछ तर यसको प्रभाव निकै कम देखिन्छ ।

यसरी माथी उल्लेखित कुराहरु गर्दा गर्दै पनि कसैले आत्महत्या गर्दछ भने सार्वजनिक ठाउँमा साहानभुति जस्ता शब्द भन्नु वा लेख्नु हुदैन यसले अरुलाई आत्महत्या गर्न उत्साहित गर्दछ बरु यसको साटो निरुत्साहित हुने खालको शब्दको प्रयोग गर्दा अरु सचेत हुन्छ ।

हाम्रो देशमा कसैले आत्महत्या गरेको छ र उ सरकारी कर्मचारी हो भन्ने श्रृद्धान्जली सभाको आयोजना र कार्यालय विदा हन्छ त्यसै गरि विधायमा अध्ययनरत विधार्थी हो भन्ने विधालय नै बन्द हुन्छ जबकी अफ्रीका माहादेशको केन्या देशमा कसैले आत्महत्या गरेको छ भन्ने हेर्न जाने सवै मानिसले लाशलाई उखुले हिकाउँछ र गाली गर्दछ ताकी अरु कसैले फेरी यस्तो नगरुन । केन्या जस्तो देशको संस्कृती हामीले पनि विकास गरौं र आत्महत्या जस्ता कायरतापुर्ण कार्यलाई लाई निरुत्साहित गरौं ।

spot_img

ताजा अपडेट

लोकप्रिय