शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

आज र भोलि ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २८ भदौ- आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि बागमती प्रदेश, प्रदेश-२, प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको हो ।

- Advertisement -

महाशाखाले आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको हुन सक्ने जनाएको छ ।

राति पनि प्रदेश १, बागमती प्रदेश, प्रदेश-२, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

- Advertisement -

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-५ एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार