एजेन्सी । गुगलले भारतको एउटा चर्चित एप्लिकेसन ‘पेटीएम एप’ आफ्नो प्ले स्टोरबाट हटाइदिएको छ। पेटीएम एप गुगलले प्ले स्टोरबाट हटाइदिएको बीबीसीले जनाएको छ। गुगलले अनलाइन जुवा (बाजी) सम्बन्धी शर्तहरु उल्लंघन गरेको आरोप लगाएको छ।
पेटीएम भारतको एक चर्चित एप हो। महिनामा झण्डै ५ करोड सक्रिय प्रयोगकर्ताहरु रहेको एपको दाबी छ। एपका अनुसार उसका कुल ३५ करोड प्रयोगकर्ता रहेका छन्।
गुगलका सह अध्यक्ष सुजेन फ्रेले यो एपले गुगलका सुरक्षासम्बन्धी नीतिहरु उल्लंघन गरेको र ग्राहकहरुले असुरक्षित महसुस गरेकाले प्ले स्टोरबाट हटाइएको दाबी गरेका छन्।
यस्तैमा पेटीएमले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डिलमा ट्वीट गर्दै यसको नयाँ अपडेट गुगलमा उपलब्ध नभएको, प्रयोगकर्ताहरुको सबै पैसा सुरक्षित रहेको र छिट्टै गुगलमा उपलब्ध हुने उल्लेख गरेको छ।
Dear Paytm’ers,
Paytm Android app is temporarily unavailable on Google’s Play Store for new downloads or updates. It will be back very soon.
All your money is completely safe, and you can continue to enjoy your Paytm app as normal.
— Paytm (@Paytm) September 18, 2020

