बाँके । बाँकेमा थप एकजना कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुष रहेका छन् ।
गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो ।
तर गएराति साढे ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको थियो । योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




