बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

पोर्चुगल लगायतका देश पठाइदिन्छु...

काठमाडौं,१५ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु...

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...
19.1 C
Kathmandu
33.8 C
Birgunj

घाटामा छैनौं, भ्रममा नपरौं : सगून

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्स कम्पनी सगूनले उसको वित्तीय मूल्यांकन र प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भइरहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

- Advertisement -

सन् २०१७ मा सगुन एपका प्रयोगकर्ताको संख्या ६ लाख मात्र रहेकोमा झन्डै १,००० प्रतिशतले वृद्धि भई अहिले ८१ लाख पुगेको सगूनले जनाएको छ ।

गत बिहीबार खोज पत्रकारिता केन्द्रले तयार पारेको तथा काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकमा यस कम्पनीका बारेमा प्रकाशित समाचार सामग्रीप्रति सगूनले प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

- Advertisement -

‘स्टार्टअप कम्पनीको अवधारणा राम्रोसंग नबुझेर प्रकाशित सामग्रीले हाम्रा लगानीकर्ताहरु तथा शुभचिन्तकहरुमा भ्रम सिर्जना गर्न सक्ने भएकाले हामीले ती दुवै समाचार संस्थालाई आफ्नो प्रतिक्रिया पठाएका छौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सगूनका सहसंस्थापक कविन्द्र सिटौलाद्वारा शनिवार जारी विज्ञप्तीमा सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्ने बारेमा आईआईटी दिल्लीका प्राध्यापकहरुसंग मिलेर सगूनले गरेको अनुसन्धान परियोजना स्थगित गरिएको जनाइएको छ ।

‘कुनै भेन्चर क्यापिटलिस्टले आफ्नै जोखिममा सो परियोजनामा लगानी गर्न खोजे उक्त परियोजनालाई अगाडि बढाउन सकिने तर, सगूनका आम लगानीकर्ताहरुको रकम उक्त परियोजनामा लगानी नगरिने पुनः स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ ।

सगुनका लगानीकर्ताहरुबाट संकलित रकम मूलतः सगून एपमा नयाँ फिचरहरु विकास गर्ने काममा खर्च गरिने पनि सो कम्पनीले जनाएको छ ।

‘एउटा स्टार्ट अप कम्पनीमा लगानी गर्नु भनेको उच्च जोखिमयुक्त निर्णय हो भनेर हामीले कहिल्यै लुकाएका छैनौं । त्यसैले केही थोरै धनाढ्य लगानीकर्ताहरुमा भर पर्नु भन्दा क्राउड फाउण्डिङ मोडेल अपनाएर सैयौं लगानीकर्ताहरुबाट सानो, सानो रकम जुटाउने शैली हामीले अपनाएका छौं ।

त्यसबाट लगानीकर्ताको जोखिम निकै कम हुन्छ, भने कम्पनी सफल भएपछि पाउने आर्थिक लाभ भने सोचे भन्दा निकै बढी हुन्छ र सर्वसाधारण परिवारलाई त्यसले सुनिस्चित भविष्यको जग बसालि दिन सक्छ’, विज्ञप्तीमा भनिएको छ ।

३० सेप्टेम्बर २०२० भित्रै सगूनले जारी गरेको मिनी आईपीओमा लगानी गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपाल, इरान र उत्तर कोरियाका नागरिकहरुले यो अफरमा लगानी गर्न पाउँदैनन् ।

तर, गैर आवासीय नेपाली लगायत संसारभरिका लगानीकर्ताहरुले यो www.sagoon.com/invest लिंकमा गएर उक्त मिनी आईपीओमा लगानी गर्न सक्ने सगूनले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार