अक्षय कुमारले आफ्नो रुल आफैले तोडे

spot_img

एजेन्सी । बलिउडमा फिट एक्टरको ट्याग समेत पाएका अक्षयको छायांकन सेटमा आफ्नै रुल रहने गर्छ । उनले आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर बनाउने रुल अनुसार प्रोड्युसरले काम गर्न तयार भए मात्र काम गर्ने गर्छन् ।

उनि दिनमा ८ घण्टामा मात्र छायांकन गर्छन् । उनले विगत १८ वर्षदेखि यहिँ नियमलाई पछ्याउदै बलिउडमा सफलताको पाइला टेकीरहेका छन् । यिनै अक्षयले पछिल्लो फिल्म ‘बेल बटम’ को छायांकनको क्रममा आफैले बनाएको नियम तोडेका हुन् ।

कोरोना भाइरसले सिर्जित अवस्थामा पनि अक्षय यतिबेला फिल्मको छायांकन बेलायतको स्कटल्याण्डमा गरिरहेका छन् । उनिसँग ठुलो टोलि नै छ । थ्रिलर कथामा बन्न लागेको यो फिल्मा सन् १९८० को सेटअपमा तयार गरेर काम भइरहेको छ ।

अक्षयको परिवारसँगै सेटमा लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी लगायत छन् । यस फिल्मको लागि अहिले उनले लगभग १४ देखि १६ घण्टा दैनिक फिल्मको छायांकन गरिरहेका छन् ।

दैनिक ८ घण्टाको सेड्युलमा काम गर्ने अक्षयले अहिले १६ घण्टाको काम गर्दा उनका सम्पूर्ण यूनिट छक्क परेका छन् । तर फिल्मका निर्देशक तिवारी र निर्माता ज्याकी भगनानीलाई भने आराम मिलेको बताए । अक्षयले डबल शिफ्ट गर्दा उनीहरुको धेरै पैसा जोगिएको जिकिर गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय