बलिउडको ड्रग कनेक्सनमा अभिनेत्री दिपिका पादुकोणको नाम पनि सँगै जोडियो

spot_img

एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा सेलिब्रेटीहरुको नाम अगाडी आइरहेको छ । यस्तैमा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि सँगै जोडिन पुगेको छ ।

भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ ।

सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ । यस्तैमा एनबीसीको जाँच अनुसार अभिनेत्री नम्रता शिरोडकरको नाम पनि अगाडी आइरेको छ ।

यसमा एन कोडको नंबरको नामबाट पुछताछ जारी छ । यस्तैमा कंगनाले दिपिकातर्फ इशारा गर्दै भनिन्, ‘मेरो कुरा फेरी सुन्नुहोस्, डिप्रशन लागु पदार्थ सेवनको नै नतिजा हो ।’

spot_img

ताजा अपडेट

लोकप्रिय