बाँके, ११ असाेज । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सबैलाइ काेराेना परिक्षणकाे दायरा भित्र ल्याइनुपर्ने बतएकी छिन् । डा. देउवाले लक्षण देखिएकालाई मात्रै कोरोना परिक्षण गर्ने सरकारको नीति गलत भएको बताएकी छन्।
‘बढ्दो कोरोना संक्रमण : जोखिममा मातृत्व’ विषयक जुम छलफलमा बोल्दै उनले कोरोना कसैलाई लक्षण देखिने र कसैलाई लक्षण नदेखिने भएकाले लक्षण देखिएकालाई मात्रै परिक्षण गर्ने हो भने झन भयाभय रुपमा लिन सक्ने बताएकी हुन्।
उनले कोरोनामा महाव्याधीका बेला गर्ववती महिलाहरु ठूलो मारमा परेको भन्दै सरकारले उनीहरुकोलाई विषेश उपचार सुरु गर्नुपर्ने बताईन ।
‘महिला गर्भवति हुदा आफ्ना बच्चालाई कसरी स्वास्थ्य राख्ने ? जन्मिने बेलासम्म कसरी ज्युदै राख्ने भन्ने चिन्ता लिईरहेका हुन्छ’ उनले भनिन्, ‘बच्चा जन्मिने भएको प्रकृतिले दिएको नियम अनुसार एउटा समयमा जन्मन्छ । अहिले कोभीड छ, गाह्रो छ अहिले नजन्माउने भन्न मिल्दैन । त्यसैले यसमा सरकारले विषेश केयरको व्यवसथा गर्नुपर्छ ।’
उनले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुले खेलेको भूमि निकै प्रशंसनीय भएको पनि बताईन ।
‘प्रसुती गृहमा हामीले सहयोगहरु पठाउदा त्यहाँको अवस्था देखेका छौ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हिरोनै हुन’ डा. देउवाले भनिन्, ‘नेपाल र विश्वमै अहिले कोभिडमा खटिएका स्वास्थ्यकर्मीहरु हाम्रा हिरो हुन् । उनीहरुको हिरोको रुपमा व्यवहार गर्नुपर्छ ।’
उनले सरकारले सबैभन्दा पहिला फिल्र्डमा खटिएका चिकित्सकहरुलाई संक्रमणबाट जोगाउनेगरी प्रभावकारी सुरक्षा प्रवन्ध गर्नुपर्ने पनि बताईन । ‘पहिला चिकित्सकहरु संक्रमणबाट जोगाउनु पर्छ’ उनले भनिन्, ‘चिकित्सकहरु संक्रमित हुदा ठूलो क्षति हुन्छ ।’
कोभिडका लागि सरकारसँग पैसा छ तर त्यो कुन क्षेत्रमा लगाउदा प्रभावकारी हुन्छ भन्ने योजना नबएको पनि उनले बताईन । ‘ सरकारले अधिकांश वजेट अहिले भौतिक पूर्वाधारमा खर्च गरेको छ । त्यो पनि आवस्यक छ तर त्योभन्दा पनि तत्काल
उपचार र रोकथाममा लगानी हुनुपर्ने हो’ उनले भनिन्, ‘तर सरकार नयाँ समान किन्ने र कमिसन खानमा लिप्त छ । स्वास्थ्यकर्मीको सख्या बढाउने, उनीहरुको सुविधा बढाउने र उनीहरुलाई अझ बढि सुरक्षित गर्नमा सरकारो ध्यान केन्द्रित हुनुपर्ने हो। त्यो भएका्े देखिदैन ।’
देउवाले सचेतना र जानकारीको लागि सामाजिक संजालको अधिकतम प्रयोग गर्न पनि आवस्यक रहेको बताईन ।
डा. देउवाले कोभिडका कारण मातृत्वको तथायकंकमा ठूलो असर परेको पनि बताईन । ‘जन्मदिनेक्रममा दिनमा १४ जनाको निधन हुने तथ्यांक थियो’ उनले भनिन्, ‘तर अहिल कोभिडका कारण दैनिक २१ जनाको निधन भएको नयाँ अध्ययनले देखाएको छ, यो डरलाग्दो तथ्यांक हो ।’




