लागुऔषध मुद्धामा अभिनेता शाहरुखसहित चार जनाको नाम जोडियो

spot_img

एजेन्सी । लागुऔषध सम्बन्धी मुद्दामा भारतीय अभिनेता शाहरुख खानसहित एकैपटक चार जनाको नाम जोडिएको छ । यसअघि यस प्रकरणमा नायिकाको नाम मात्र मुछिएकामा अहिले नायक शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरियाको नाम पनि जोडिएको हो ।

सुशान्त सिंह राजपुत मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा बलिउडभित्र लागुऔषधको प्रयोग हुने गरेको खुलासा भएयता यस विषयमा पनि व्यापक छानबिन भइरहेको हो । जसको अनुसन्धान नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गरिरहेको छ ।

यस क्रममा उल्लिखित चार नायकको नाम पनि जोडिन आइपुगेको दैनिक भास्करले जनाएको छ । एनसीबीका अधिकारीलाई उधृत गर्दै दैनिक भास्करले अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने गरेको खबर लेखेको छ । दिल्लीका एनसीबी अधिकारीले नाम गोप्य राख्ने सर्तमा ड्रग्स कनेक्सनमा बलिउडका ठूला नायकको नाम खुलासा गरेको दैनिक भास्करले जनाएको छ ।

यस विषयमा एनसीबी अधिकारीसँग भएको कुराकानीको पूर्ण विवरण आफूसँग सुरक्षित रहेको दैनिक भास्करले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय