spot_img

वीरगञ्जमा पछिल्लो पटक थप २४ जनामा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगञ्ज १५ असोज – पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा एकै दिन २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा बुधबार राति पर्सा, बारा, रौतहट र सर्लाहीको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबको नमुनालाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साको वीरगञ्जमा २४ जनासहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार वीरगञ्जको वडा नम्बर १३ र १४ मा चार/चार जना, वडा नम्बर २ र १६ मा दुई/दुई जना र त्यसैगरी वडा नम्बर ४, ११, १२, १५, १९ र २४ मा एक/एक जनामा संक्रमण पुष्टि भएको छ भने ६ जना संक्रमितको वडा खुल्न सकेको छैन ।

अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग वीशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले थपिएका अन्य संक्रमितमध्ये बारा तिन जना, रौतहटका दुई जना र सर्लाहीका एक जना रहेका छन् ।

बाराको कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र पर्सौनी गाउँपालिकामा एक/एक जना, रौतहटको कटहरियाका एक र फतुवा विजयपुर नगरपालिका एक जना र रौतहटको बस्बरिया गाउँपालिकामा एक जना संक्रमित थपिएको डाक्टर चौरसियाले जानकारी दिए । दश जना महिलासहित थापिएका संक्रमितहरुमा ९ वर्षीय बालकसहित ६९ वर्षीय वृद्धिसमेत रहेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय