spot_img

धनुषा :‘पोल-पोलमा सरकार, टोल-टोलमा बलात्कार’

spot_img
spot_img

जनकपुरधाम, १९ असोज । जनकपुरमा बलात्कारमा संलग्न अपराधीहरुलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिएको छ ।

महिला अधिकारकर्मी र युवाहरुले बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जनकपुरको जनकचोकबाट रैली निकालेका थिए । जिल्ला प्रहरी कार्यालय, धनुषाको अगाडि गरिएको दबाबमूलक कार्यक्रममा प्रदेश–२ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा रौतहट लगायतका जिल्लाका युवा प्रतिनिधिहरुको सहभागिता थियो।

प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसी देऊ, पोल पोलमा सरकार टोल टोलमा बलात्कार, बलात्कारीलाई संरक्षण गर्न पाइदैन जस्ता नारा लगाएका छन् । सरकारको उदासिनता र राजनीतिक दबाबमा अपराधीलाई छुटाउने प्रबृतिले बलात्कारको घटना बढेको प्रदर्शनमा सहभागीहरुको भनाई थियो ।

अहिले बलात्कारका घटना देशव्यापी रुपमा छ तर अन्य प्रदेशको तुलनामा  प्रदेश २ को अवस्था निकै भयावह रहेको भन्दै संगठनकी अर्की अभियन्ता काजल झाकाे भनाइ छ । उनले सरोकारवाला निकायलाई दबाब दिन प्रत्येक जिल्लाबाट युवा संगठन एकजुट भएर कार्यक्रमा सहभागी भएकाे बताइन् । संगठनकी संयोजक गुञ्जा रायले अहिले महिलाको मर्यादा नै जोखिममा रहेको बताउँदै यसको रक्षाका लागि आफूहरुले सरकारसमक्ष माग गरेको बताइन्।

संगठनकी अभियन्ता रुवी झाले बालिका १४ वर्षको उमेर हुँदादेखि नै बलात्कार भइरहेको अहिले उनको मानसिक अवस्था बिग्रिएको बताइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय