spot_img

परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान

spot_img
spot_img

काठमाडौँ,२२ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आज औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस. जयशङ्कर को निमन्त्रणामा उनी भारत गएका हुन्।

प्रस्थानअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खनालले रास्वपा नेतृत्वको सरकार गठनपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गरे। उनले भ्रमणका क्रममा नेपालको प्राथमिकताका विषयहरूमा केन्द्रित भएर अर्थपूर्ण छलफल हुने विश्वास व्यक्त गरे।

यो भ्रमण नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भेटघाटको निरन्तरता भएको बताइएको छ। साथै, यसले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालय ले सार्वजनिक गरेको तालिकाअनुसार मन्त्री खनालले नयाँ दिल्लीमा आफ्नो भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहयोगलगायत आपसी हितका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

दुई देशका जनताबीचको सम्बन्ध थप सुदृढ गर्ने तथा पारस्परिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री खनाल आफ्ना सबै औपचारिक कार्यक्रमहरू पूरा गरी आउँदो जेठ २४ गते काठमाडौँ फर्कने तालिका रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय