बीरगन्ज, १९ असोज । बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा पनि अबदेखि पिसिआर परिक्षण हुने भएको छ । सोमबार सो अस्पतालमा स्थापित पिसिआर ल्याबको पर्साका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि असमान तामाङले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।
यसअघि, बीरगन्जमा नारायणी अस्पतालले मात्रै पिसिआर परिक्षण गर्दै आएको थियो । महामारीको बेला पिसिआर परिक्षणका लागि स्वाब दिए पनि पर्खनु पर्ने बाध्यता लगायतलाई मध्यनजर गर्दै सेवाग्राहीलाई थप सहज होस् उद्देश्यले अस्पतालमा पिसिआर ल्याब स्थापना गरिएको अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले बताए । अस्पतालका अध्यक्ष डा. जैनुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न सो पिसिआर ल्याब उद्घाटन कार्याक्रममा सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, अस्पताल निर्देशक डा. प्रमोद कु. सर्राफको लगायतको उपस्थिति रहेको थियो ।
मेडिकल कलेजमा रहेको भाईरोलोजी तथा सेरोलोजी विभाग अन्तर्गत अस्पतालको निजी स्वामित्वमा रह्ने पीसिआर ल्याब सञ्चालनमा आएको हो । करिब १.५ कराेडकाे लागतमा सञ्चालनमा आएकाे याे पीसाआर मेसिनले एक पटकमा ९६ जनाकाे परिक्षण गर्ने नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका बजार व्यवस्थापन प्रमुख आबिद हुसैन अन्सारीले जनाएका छन् ।
यसरी गरिएकाे परिक्षणकाे रिपाेर्ट ५ घण्टामा सार्वजनिक भइसक्ने हुसैनले बताए । एक दिनमा औसतमा पनि ३ सय ८५ वटा सम्म परिक्षण गर्नसकिने जनाइएकाे छ । नेशनल मेडिकल कलेजद्वारा व्यवस्थापन गरिएकाे आइसाेलेसनमा उपचाररत रहेका बिरामीहरूकाे निःशुल्क परिक्षण गर्ने कलेजले भने अन्य बिरामीहरूकाे सरकारी शुल्कमा परिक्षण गरिने अस्पतालका हुसैनले जानकारी गराएका छन् ।
यसअघि बीरगन्ज महानगरपालिकाद्वारा व्यवस्थापन गरिएकाे पिसिआर मेसिनकाे जडान पछि अपेक्षा अनुरूप परिक्षणकाे दायरा बढाउन नसकिएकाे सर्वसाधारणकाे गुनासाे छ ।

