पर्सा र बारामा थपिए १४ संक्रमित

spot_img

बीरगन्ज, २० असोज- पर्सा र बारामा गरी गएराति १४ जना संक्रमित थपिएका छन् । बीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार राति गरिएको परिक्षणमा ४ जना महिलासहित थप १४ जननामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले बताए ।

सोेमबार ९६ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्सामा १० र बारामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

थपिने संक्रमितमा स्वास्थ्यकर्मी र अस्पतालमा उपचार गराईरहेका बिरामी समेत रहेका छन् । बीरगन्जस्थित तराई हस्पिटल प्रालिमा उपचाररत एक बिरामी र अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।

त्यसैगरी पर्साको सदरमुकाम बीरगन्जको वडा नम्बर १० र ११ मा दुई दुई जना, ३, १३, र १५ मा एक एक जना र छिपहरमाई गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना, महागढीमाई नगपालिका वडा नम्बर ७ मा एक जना र जिपुतसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा एक जना गरी चार जना संक्रमित भेटिएका हुन् ।

थपिएका संक्रमितहरु १९ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३५ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय