भारतीय अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

spot_img

एजेन्सी । ड्रग्स मुद्दामा मुछिएकी भारतीय अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् । रिया सुशान्त सिंह राजपूतकी प्रेमिका थिइन् । मुम्बई उच्च अदालतले रियालाई जमानत छाडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिया एक लाख रुपैयाँ र पासपोर्ट धरौटीमा राखेर साथै अनुसन्धान अधिकारीले खोजेको बेला हाजिर हुने सर्तमा रिहा भएकी हुन् । उनले मुम्बईभन्दा बाहिर जान पनि अनुमति लिनुपर्ने छ।
रियाका भाइ शोविकले गरेको जमानतको अपिल भने अदालतले अस्वीकार गरेको छ । सुशांत सिंह राजपूतको आत्महत्याबारे अनुसन्धान भइरहँदा रियासहित उनका भाईमाथि लागू औषध खरिद गरेको अभियोगमा एनसीबीले हिरासतमा लिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय