काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन्। मंगलबार सामाजिक सञ्जालमा काजलले आफ्नो विवाहबारे
जानकारी दिँदै यही अक्टोबर ३० मा व्यवसायी गौतम किच्लूसँग विवाह हुन लागेको बताइन् ।
कोरोना महामारीका कारण परिवारका थोरै सदस्यहरुमात्र सहभागी भएर मुम्बईमा विवाह गर्ने उनले बताएकी छन्।
उनले सामाजिक सञ्जालमा थप लेखेकी छन्, ‘कोरोनाले हाम्रो खुसीलाई केही धिमा अवश्य नै बनाएको छ तर पनि नयाँ जिन्दगीको सुरुवात हुँदैछ। यो खबरले सबैलाई खुसी दिनेछ।’
उनले आफ्ना फ्यानहरुले दिएको मायाका लागि धन्यवादसमेत व्यक्त गरेकी छन् र आफ्नो फिल्मी यात्रालाई अविश्वसनीय भएको बताएकी छन्।
अभिनेत्री अग्रवाल दक्षिण भारतीय अभिनेत्री भए पनि नेपाली दर्शकहरुमा लोकप्रिय मानिन्छिन्।

