
जनकपुरधाम, कार्तिक २ । जनकपुरधाम उप-महानगरपालिका वार्ड न ७ भ्रमरपुरा चोकबाट सशस्त्र प्रहरीको टोलीले दुई सय ग्राम काँचो सुन बरामद गरिएकाे छ।
सशस्त्र प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले बा १० च ३५६८ नम्बरको सुजुकी इको भ्यानबाट चेकजाँचको क्रममा १५ लाख मूल्य बराबरको दुई सय ग्राम सुन बरामद भएकाे हो।
प्रहरीले गाडी चालक महोत्तरी बलवा नगरपालिका–७ बस्ने रामचन्द्र दासलाई पनि नियन्त्रणमा लिएका छन्।
महोत्तरीबाट जनकपुरतर्फ आउँदै गरेको भ्यानलाई चेकजाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको प्रहरी निरीक्षक कटुवालले बताएका हुन्।
शनिबार काठमाडौंबाट लगिएको सुन भारततर्फ पैठारी हुन लागेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।बरामद सुन र गाडी प्रहरीले जनकपुर भन्सार कार्यालयमा बुझाएको छ।




