spot_img

जनकपुरधाममा रहेको प्रसिद्ध प्रुशोतम मन्दिर दिनौ दिन लोप हुँदै

spot_img
spot_img

जनकपुरधाम, कार्तिक १२ l जनकपुरधाम को दक्षिणपट्टि गंगा सागर र धनुखा सागरको किनारमा रहेको  प्रुशोताम मन्दिरको ठूलो सांस्कृतिक तथा पर्यटक महत्त्व रहेको छ।

यस मन्दिरमा विशेष गरी प्रुसोतम महिनामा, दशैं, र छठ पर्वहरुमा मानिसहरु घुँइचो लाग्ने गर्दछ।

यो मन्दिर विशेष गरी ज्योतिष साशत्र तथा वस्तु शैलीमा बनाईएको छ।

यस मन्दिरका स्तंभहरुमा  हिन्दूहरुमा रहेका चार युग सत्य, त्रेता, द्वापर र  काल्युग उलेखा गरेका छन्।
यस प्रुसोतम मन्दिरमा भगवान विष्णु को विभिन्न अवतारहरूको वर्णन गरिएको छ।
यस मन्दिर को दायाँ पट्टीको ढोकामा नाग बाबाको ठूलो विशाल प्रतिमा रहेको छ। भने मन्दिरमा हिन्दू मान्यता अनुसार तेतिश कोटी देवी देवताहरुको मूर्ति निर्माण गरिएको छ।
प्रुशोतम मन्दिरमा विशेष गरी विभिन्न देवी देवताले मुण्डको माला धारण गर्नुभएका छन्।
जुन चाहि विश्मा यसरी मुण्डमाला लगाएको सम्पूर्ण देवी-देवता कतै देखिएको छैन।

मंदिरको बीच गर्भ भागमा अग्नि देवता,
लक्षमीनारायण,काली, दुर्गा, भगवती, मुदेश्वर गणेश,ब्रह्मा, कार्तिके, शिव,हनुमान,भैरव, जया – विजया,नौ – ग्रह आदि देवी देवताहरु रहेका छन्।

नेपालमा कतै पूजा नहुने ब्रह्मा जीको यस मन्दिरमा पूजा- आज गरिछन्।

यस मन्दिर मा गणेश, कार्तिके, ब्रह्मा,कृष्ण, लक्ष्मीनारायण, ईन्द्र, तथा आदी देवी देवताले मुण्डको माला धारण गरेको  र  ती देवताहरु को विराट रूपको वर्ण गरिएको छ।

यस मन्दिरको पूर्व पट्टि ढोकामा राजा जनक जीको श्याम वर्ण घोडा सँग ठूलो विशाल प्रतिमा रहेको छ।
साथै यस मन्दिरमा शिव जीको सम्पूर्ण परिवार संग मूर्ति समेत रहेको छ।

हिन्दूधर्मका ठूला महात्माहरु श्री एकलको महाराज, काली बाबा, राम कृष्णप्रम हंस, पुनेके बाबा, स्वामी विवेक आनंद जस्ता थुप्रै विभूतिहरु को मूर्ति बनाइएको छ।
तर अहिले यो प्रसिद्ध मन्दिर लोप हुँदैजाँदै छ।
यसरी विभिन्न देवी-देवता भरिएको मन्दीरमा सरकार तथा निजी संघ-सन्थाहरुको चासो गएको छैन। धेरै योजनाहरु आउँछन् गाउँलाई शहर बनाउन, सहरको बाटो – घाटो लाई विकास गर्न बजेट आउँछन् तर मठ- मन्दिरलाई जोगाउन विकास गर्न कसैको ध्यान जाँदैन।
जनकपुरधामलाई चिनिन्छ भने मठ मन्दिर बाट तर
अजा त्यहीँ मठ मन्दिरको अति कर्मन हुँदैछ कतै भने कति लोप को अवस्थामा जाँदैछन्।

प्रुशोताम मन्दिरका पुजारी श्याम ऊप्रेतीले भने मन्दिरलाई  कहींबाट कुनैपनि प्रकारको सहयोग भेटिएको छैन। मन्दिरका सम्पूर्ण पूजा आजाको वस्तुहरु आफैले अहिले सम्म जोर्दै  आउँदैछन र मन्दिरका केही भक्तजनहरुले सहयोग गर्दछन्।

  मन्दिरमा दशैं र दीपावली तथा छठ को बेला विशेष होम गरिछन् र दर्शन गर्न आउने श्रद्धालु भक्तनहरुलाई  सारी र सिंगरको वस्तु वितरण गरिछन् । यी सबै मन्दिरले आफै जोरेर श्रद्धालु भक्तनहरुलाई वितरण गर्दआइरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय