• मुनीलाल बैठा, मनोविमर्शकर्ता
म आज विहान ५ ः३० मा उठ्दा स्थानीय रेडियोबाट समाचार प्रसारित भइरहेको थियो समाचारमा विश्वमा कोरोनाबाट संक्रमित ४ करोड ७३ लाख २७ हजार ३०९ र मृत्युको संख्या १२ लाख ११ हजार ४२५ जना मानिसहरुको मृत्यु भइ सकेको तथा नेपालमा कोरोना संक्रमित १ लाख ७६ हजार ५ सय मात्र छ भने मृत्यु हुनेको सख्या ९सय ८४ जनाको मृत्यु भइ सकेको छ यसै संगै नेपालमा पनि कोरोना एकदम द्रुत गतिमा बढिरहेको कुरा त्यहि समाचारमा प्रचासरण भइरहेको थियो तर त्यसको रोकथामको उपायहरु एकदम फितलो छ भन्ने कुरा संगै प्रसारण भएको सुने ।
त्यसपछि विहान प्राताकाल घुम्न निस्किदा मानिसहरुले कोरोनाकै चर्चा गरेको सुनें कसैले खान एकदम समस्या भयो भनेर कुरा गरिरहेको थियो भन्ने कसैले ब्यापार बन्द भयो भनिरहेका थियो भन्ने कसैले बच्चाहरुको पढाई नै चौपट भयो भनेर भनिरहेका थिए यसरी सबै तहमा कोरोनाको कहर देखिन्छ । सबै मानिसहरु कोरोनाको कहरले तनावमा रहेको सजिलै बुझ्न पाइन्छ ।
तनाव स्वास्थ्य मानिसमा आउने स्वभाविक प्रकृया हो । यो विभिन्न कारण जस्तै माहामारि, दुर्घटना, असफलता, विछोड, डर त्रास आदिले आउँछ । यदि कुनै मानिसमा तनाव आउदैन भन्ने त्यसलाई मानिसक स्वास्थ्यको हिसावले स्वास्थ्य मानिदैन तर तनाव निरन्तर बढिरह्यो भन्ने यसले मानिसलाई शारिरिक तथा मानसिक रुपले अपुरनिय क्षती पुर्याउन सक्छ त्यसकारण यसको ब्यवस्थापन समयमा नै गर्न आवश्यक हुन्छ । तनाव ब्यवस्थपनका उपायहरुः
ब्यतिmमा तनावको मात्रा एउटा निश्चित बिन्दु भन्दा माथी जाने हो भन्ने त्यसले एउटा घातक परिणाम ल्याउन सक्छ त्यसकारण यसको ब्यवस्थापन गर्न निम्न उपाय गर्न सकिन्छ ।
सकारात्मक सोच राख्ने
दैनिक कामको सुची तयार गर्ने
नियमित ब्ययाम गर्ने
नियमित संतुलित अहार लिने
मादक पदार्थ नखाने
कामलाई माया गर्ने न कि कार्यालयलाई
बिहान चाडै उठ्ने र राती चाडै सुत्ने बानीको विकास गर्ने
नराम्रो चीजमा पनि राम्रा कुराहरु खेज्ने
तनावमा भएको बेला कुनै महत्वपुर्ण कार्य नगर्ने
समान रणनिती बनाउने । यो भनेको तनाव भएको बेला के गरेर तनाव कम गर्न सकिन्छ जस्तै चिसो पानी खाने, ठाँउ परिर्वतन गर्ने, गित सुन्ने तथा साथीसंग कुरा गर्ने आदि
कुनै पनि प्राकृति घटनालाई सहज तथा स्वभाविक रुपमा लिने
सत्य तथ्यमा आधारित भएर सोच्ने काल्पनिक कुरा धेरै नसोच्ने
सुचना आधिकारिक स्रोतवाट मात्र लिने
बालबालिकाको अगाडी डरलाग्दो कुराकानी नगर्ने
काममा ब्यस्त हुने
साथी भईसंग गफगाफ, हसी मजाक गर्ने
परिवारका सदस्यहरुसंगको नियमित सम्पर्कमा बस्ने
धार्मीक कार्यमा संलगन हुने
माथी उल्लेखित उपायहरुको अलावा पनि अरु धेरै उपायहरु अपनाउन सकिन्छ यदि आफुले अपनाएको उपायहरुबाट तनाव कम भएन भन्ने मनोविमर्शकर्ता वा मनोचिकित्सक वा अरु चिकित्सक संग सम्पर्क गर्नु पर्दछ ।

