नेपालमै पहिलो अम्बेडकरु पुस्तकालयको उद्घाटन

spot_img

जनकपुरधाम, १३ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित राष्ट्रिय तत्मा समाज नेपालको सभाकक्ष तथा महापुरुष भीमराव अम्बेडकरको पुस्तकालय भवनको भव्य कार्यक्रमबीच शुक्रवार उद्घाटन भएको छ।


जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले सो भवनको उद्घाटन गरेका हुन । नेपालमै भीमराव अम्बेडकरको यो पहिलो पुस्तकालय रहेको उद्घाटन कार्यक्रममा सहभागीहरुले दावी गरेका हुन्।

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रिय अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेयर साहले हामी सबैको अम्बेडकर जस्तै ब्रह्म छ, तर त्यसलाई बाहिर ल्याउन सकेको छैन । यो पुस्तकालय पश्चात् सबैमा जनचेतना आउने छ मलाई पूर्ण विश्वास रहेको बताएका छन् ।

उनले भने, ‘अम्बेडर पुस्तकालयको भवन उद्घाटनलाई लिएर केही टिप्पणी हुन सक्छ, तर म गौरवान्वित छौ । पुस्तकालयमा उपमहानगरपालिकाद्वारा उहाँको स्टेचु निर्माण गर्नेछौं । पुस्तक समेत उपलब्ध गराउने छौ ।
अम्बेडकरको केही पंक्तिलाई स्मरण गर्दै मेयर साहले पुस्तकालयका लागि यो थोरै लगानी छ, आउने दिनमा पनि उपहानगरपालिकाले सहयोग गर्नेछ विश्वास दिलाउन चाहन्छौं उनले भने ।
जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक सहयोगमा सभाकक्ष तथा पुस्तकालय भवन निर्माण भएको छ ।
कार्यक्रममा जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरी, सोडेपका सत्यनारायण साह, मुन्नी देवी दास, दलित संघर्ष समितिका चन्देश्वर दास, वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र साह लगायत दर्जनौं व्यक्तिले बाबा अम्बेडकरको योगदानलाई स्मरण गरेका छन् ।
कार्यक्रममा आठवटै जिल्लाका राष्ट्रिय तत्मा समाज नेपालका अध्यक्षहरुको उपस्थिति रहेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय