बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण

spot_img

बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ ।

लोकसभा सांसदसमेत रहेका ६४ वर्षीय देओल हाल आइसोलेसनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताएका छन् ।

साथै उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्पनाउन तथा आवश्यकताअनुसार कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बसेका छन्। हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए ।

मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा काेराेना संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय