spot_img

जनकपुर : ड्रिम स्मार्ट सिटीको रियालिटी दुर्गन्धित सिटी

spot_img
spot_img

जनकपुरधाम,मंसिर २५।जनकपुरधामको  बजारको रोडको छेउ छाउमा, सडकभरि विस्कुट, चाउचाउको खोल, पानीका खाली बोतल अनि सडकका नालामा ढल। स्मार्ट सिटीको आशमा बसेका जनकपुरधामबासीको दिन-दिनको समस्या हो यो।

लामो समयदेखि जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्र दुर्गन्धित बन्दै गइरहेको छ।

उपमहानगरपालिकाले नगरभित्रको सरसफाइमा ध्यान नदिएकोले प्राचिन मिथिलाको राजधानी जानकी नगरि कुरूप र दुर्गन्धित बनेको हो। फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि नगरवासीले सडक किनारमा फोहोर फाल्ने गरेका छन्। सडक किनारमा फालिएको फोहरसमेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको देखिएको छ।
जनकपुरधाम उपमहानगरपालिकामा अहिले ७३ जना सफाइ कर्मचारी र सफाइका लागि दर्जन बढि ट्याक्टर र ट्रिपर रहेपनि नगर सरसफाइको नाममा कुनै काम हुन नसकेको स्थानीयको गुनाशो पोखेका छन्।

बजारको छेउछाउमा सडकभरि विस्कुट र चाउचाउका खोल, खाली पानीका बोतलहरु यत्रतत्र फालिएका छन्।  फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि नगरवासी सडक किनारमा फोहोर फाल्न बाध्य छन्। सडक किनारमा फालिएको फोहरसमेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको देखिएको छ।

जनकपुरधामको प्रमुख चोकहरु पुरानो बसपार्क, भैरवचोक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानन्द चोक, पीडारी चोक, पूलचोक सहितका स्थानहरुमा विहानै फोहोर व्यवस्थापन नहुँदा शहर कुरूप देखिएको हो।

जनकपुरधाम उपमहागरपालिकाले सरसफाइमा ध्यान नदिएकाले शहर कुरूप बनेको स्थानीय युवा सरोज मिश्रले बताए। उनले भने– ‘शहरको सन्दरतासँग मेयर साहबलाई कुनै मतलब छैन,वहाँ त कमिसनमै व्यस्त र मस्त हुनुहुन्छ। बस र जेसिबी किन्न पैसा छ तर नगरलाई सुन्दर बनाउने कुनै योजना नै छैन।’

यसरी सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ। उपमहानगरपालिकाको कार्यालयले ब्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाई भने अहिलेसम्म पनि भएको छैन। स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको ब्यवस्था नभएकाले सडक किनारमै फाल्नुपर्ने बाध्यता रहेको बताए।

 

spot_img

ताजा अपडेट

लोकप्रिय