बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

spot_img

मुम्बई । उच्च रक्तचाप (हाई ब्लड प्रेसर)का कारण बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी शुक्रबार बिहान हैदराबादको अपोलो अस्पताल भर्ना भएका हुन् । उनी बिगत १० दिनदेखि हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । रजनीकान्तको फिल्म सुटिङ सेटका ८ सदस्यमा हालै कोरोना भेटिएको थियो ।

सुटिङ युनिटमा कोराना देखिएपछि रजनीकान्तले पनि २२ डिसेम्बरमा कोरोना टेष्ट गराएका थिए । उनको रिपोट भने नेगेटिभ आएको थियो । अहिले उनको शरिरमा कोरोनाको केहीपनि लक्ष्यण देखिएको छैन । तर पनि उनको ब्लड प्रेसरमा धेरै उतारचढाप आएको छ । सोही कारणले पनि उनी अस्पताल भर्ना भएका हुन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय