रजनीकान्त राजनीतिमा प्रवेश नगर्ने घोषणा

spot_img

काठमाडौं । स्वास्थ्य समस्याका कारण भारतीय चर्चित अभिनेता रजनीकान्तले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा ट्वीट गर्दै रजनीकान्तले आफूले नयाँ पार्टी नखोल्ने तथा राजनीति नगर्ने बताएका हुन् । यसअघि उनले डिसेम्बर ३१ मा नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए ।

मेगास्टार रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकहरुले त्यस कार्यको स्वागत गरेका थिए।

तर पछिल्लो समय ब्लड प्रेसरबाट पीडित रजनीकान्त हालैमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए। एजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय