काठमाडौं । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ। ५८ वर्ष वर्षे कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
दाइ ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको निधन भएको हो।
यसअघि ऋषि कपुरको क्यान्सरका कारण सन् २०२० को अप्रिलमा निधन भएको थियो।
ऋषि कपुरकी श्रीमती नितुले देवर राजिवको निधन भएको पुष्टि गरेकी छिन्।
राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम ग्रन्थ, आसमान, जिमिनदारजस्ता चलचित्रमा अभिनय गरेका थिए। एनडीटीभी

