आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ ,१८ फाल्गुन । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ ।

- Advertisement -

केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो।

- Advertisement -

ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ ।

केन्द्रीय बैंकले मङ्गलवार अपराह्न ३ बजे याे ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -