सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता शुरू

spot_img

काठमाडौँ । सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल शुरु भएको निकट स्रोतले जनाएको छ ।

सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्क विश्वकर्माले गरेका छन् ।

वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको संयोजकत्वमा र उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय