चैत पहिलो सातादेखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण

spot_img

काठमाडौं । नेपालको नम्बर एक गायन रियालिटी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् ।

हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल ‘राउण्ड’मा प्रतिस्पर्धा गर्नेछन् । यसपटकको शोमा निर्णायकको समूहमा गायिका आस्था राउतको ठाउँमा अर्की गायिका तृष्णा गुरुङ भित्रिएकी छन् ।

उनीबाहेक अघिल्ला संस्करणका निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय