spot_img

एसईई परीक्षाको तालिका सार्वजनिक, कुन विषयको परिक्षा कहिले ? (तालिका सहित)

spot_img
spot_img

बीरगन्ज, २६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । तालिका अनुसार जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य रअनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।

यस्तै जेठ १४ गते अनिवार्य नेपाली, जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।

२० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय