spot_img

चितवनमा आज र भोली १० घण्टा विद्युत आपूर्ती बन्द हुने

spot_img
spot_img

चितवन,७ चैत । चितवनमा आज र भोली दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौंडा ग्रिड महाशाखा अन्तरगतको १३२ र ३३ र११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको विद्युत कटौती गर्न लागिएको महाशाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।

विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार पनि विहान विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय