spot_img

विजय नेतृत्वको क्याबिनेट विस्तार, दलित प्रतिनिधित्वमा नयाँ रेकर्ड

spot_img
spot_img

बीरगन्ज,०९ जेठ । तमिलनाडुमा एमके स्टालिन नेतृत्वको डीएमके सरकारलाई सत्ताबाट विस्थापित गर्दै चर्चामा आएको टीवीके पार्टीले पुनः राजनीतिक ध्यान तानेको छ। मुख्यमन्त्री थलपति विजयको नेतृत्वमा गरिएको मन्त्रिपरिषद् विस्तारलाई ऐतिहासिक मानिएको छ।

मुख्यमन्त्री बनेपछि लगातार चर्चामा रहेका विजयले हालै गरेको मन्त्रिपरिषद् विस्तारमा दलित (अनुसूचित जाति) समुदायका मन्त्रीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। नयाँ विस्तारसँगै सरकारमा २३ जना नयाँ मन्त्रीहरू समावेश गरिएको छ। यसलाई सामाजिक समावेशीकरण र सन्तुलित प्रतिनिधित्वतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

विशेषगरी दलित समुदायका ८ जना विधायकलाई मन्त्री बनाइएपछि यो मन्त्रिपरिषद्लाई तमिलनाडुको इतिहासमै सबैभन्दा बढी दलित प्रतिनिधित्व भएको सरकारका रूपमा चर्चा गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो विस्तारले जातीय सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व, युवा सहभागिता र सहयोगी दलहरूको समावेशलाई प्राथमिकता दिएको देखिन्छ।

विस्तारपछि मुख्यमन्त्री विजयसहित मन्त्रिपरिषद् सदस्यहरूको कुल संख्या ३५ पुगेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय