काठमाडौँ । नेपियरमा मंगलबार भएको दोस्रो टी-ट्वान्टी क्रिकेट सिरिज खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको छ ।
वर्षाका कारण खेल अवरूद्ध भएपछि बंगलादेशलाई डीएल पद्धतिका आधारमा जितका लागि १६ ओभरमा १ सय ७१ रनको लक्ष्य दिइएकोमा उसले लक्ष्य भेट्टाउन सकेन ।
१६ ओभरमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । तर, वर्षाले खेल विथोलिएको थियो ।


