आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

कोरोनाबाट बीरगन्जमा फेरी एक ४२ वर्षीय महिलाको मृत्यु

  • 78
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २ वैशाख । कोरोनाभाइरस सङ्क्रमणबाट बीरगन्जमा फेरी एक ४२ वर्षीय महिलाको मृत्यु भएकाे छ।

- Advertisement -

बीरगन्जस्थित नारायणी अस्पतालमा उपचारत ४२ वर्षीय महिला सङ्क्रमणबाट ज्यान गुमाएकी छिन् । उनको आज बिहान सवा ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

- Advertisement -

स्वास्थ्यमा समस्या आएर चैत्र २९ गते आइतबार राती ८ बजे अस्पताल भर्ना भएकी बीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी महिलाको तिन दिनको उपचारपछि मृत्यु भएको छ ।

अस्पताल भर्ना भएकै दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।

‘भर्ना भएकै दिन उनमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । हामीले उनको थ्रोट स्वाबलाई आरटि-पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो ।’

डा. दास अनुसार सुरुको दिनदेखिनै उनको स्वास्थ्य अवस्था चिन्ताजनक थियो । उनको अस्पतालमा रहेको कोभिड आईसीयू भित्र अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले जानकरी दिए ।

‘उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल थियो । आज उनलाई श्वास प्रश्वासमा धेरै समस्या आएपछि भेन्टिलेटरमा राख्न खोज्यौं । धेरै प्रयाग गर्दापनि हामीले उनको ज्यान जोगाउँन सकेनौं ।’

उनको मृत्युसँगै पर्सामा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । गएको एक हफ्ताभित्र नारायणी अस्पतालमा सङ्क्रमणका कारण यो तेस्रो मृत्यु हो । यसअघि वीरगञ्जका एकजना र बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका एकजना पुरुषले सङ्क्रमणका कारण एकै दिन ज्यान गुमाएका थिए । जिल्लामा अहिले १ सय भन्दामाथि कोरोनाको एक्टिभ केसपनि छन् ।

अहिले अस्पतालमा ७ जना सङ्क्रमितको उपचार चलिरहेको डा. दासले जानकारी दिएका छन् । जसमध्ये २ जनाको अवस्था अहिलेपनि चिन्ताजनक छ । उनीहरुको अक्सिजन सपोर्टमा राखेर उपचार चलिरहेको उनले बताए । अन्य ५ जनामध्ये २ जनालाई आजै डिस्चार्ज गरिँदै छ ।

- Advertisement -spot_img

1 COMMENT

  1. २ नं प्रदेश मै बीरगंजमा कोरोनावायरस को समस्या
    गम्भीर छ । बजारमा भिड धेरै छ फुटपाथमा भिड धेरै छ । सिमा नाकामा कड़ाई छैन । यस्तो स्थितमा यदि धेरै संख्या मा कोरोनावायरस संक्रमित भयो भने झन
    बिकराल रुप लिन सकछ ।
    बीरगंज महानगर पालिका र स्थानीय प्रशासनले सवै पाटी को सहयोग लिई रोकथाम गर्नुपर्ने जरुरी छ ।
    स्कूल कालेज बन्द हुनु जरुरी छ ।
    बजार र ठाउं ठाउंमा प्रहरी परिचालन हुनु जरुरी छ।

Comments are closed.

ताजा समाचार

थप समाचार

- Advertisement -