spot_img

प्रदेश २ : संक्रमित बिरामीलाई निःशुल्क उपचारको माग लिएर नेविसंघद्वारा रिले अनसन

spot_img
spot_img

जनकपुर । कोरोनाबाट संक्रमित भएका बिरामीलाई निःशुल्क उपचारकोलागि माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदेश नम्बर २ को सरकारको विरुद्धमा रिले अनशन थालेका छन् ।

कोरोना संक्रमणको दोश्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले आफूहरुले रिले अनशन सुरु गरेको नेविसंघका नेताकाे भनाइ रहेकाे छ ।

नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामासहित विभिन्न माग राख्दै बुधबारदेखि रिले अनशन गरेको हो । नेविसंघले बुधबार जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनशन थालेको छ।

रिले अनशनकारीले कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न, अक्सिजन तथा अन्य स्वास्थ्य उपकरणको सुलभ व्यवस्था गर्न, अस्पतालको क्षमता बढाई जनशक्ति थप गर्न, प्रादेशिक अस्पतालको अक्सिजन सिलिण्डर र रेम्डेसिभिर औषधि निजी अस्पतालमा बेच्ने मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तै उनीहरुले निषेधाज्ञाको नाममा कालोबजारी बन्द गर्न, मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नबल किशोर साहको राजीनामा लगायतका मागहरु रख्दै अनशन सुरु गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय