शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...

सुनको मूल्य तोलामा ७००...

काठमाडौं,०७ वैैशाख । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको...
26.1 C
Kathmandu
38 C
Birgunj

उपत्यकामा थपिन सक्छ निषेधाज्ञा , भोलि तीन सीडीओको बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० जेठ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

- Advertisement -

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको बताए । उनले भोलि दिउँसो भर्चुअल माध्यमबाट निषेधाज्ञाबारे ललितपुर र भक्तपुरका सीडीओ सा’बसहितको बैठक बस्ने बताएका छन् ।

बैठकअघि गृह मन्त्रालयमा पनि निषेधाज्ञा कति समय थप्नेबारे छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृहमन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको मत रहेकाे छ ।

- Advertisement -

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

तर, यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उनले कोभिड–१९ अध्यादेशअनुसार निषेधाज्ञाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

शनिबार न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार अध्यादेशअनुसार निषेधाज्ञालाई कडाइ गर्दै लैजान थालिसकिएको छ । उनले भने, ‘आज नागरिकलाई जानकारीका लागि सूचना पनि जारी गरेका छौं, अब निषेधाज्ञा थप कडा हुनेछ ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार