CORONA UPDATE : मुलुकभर ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित थपिए, १४५ को मृत्यु

spot_img

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १९ हजार ३५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ हजार ३० जनाको आरटी–पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ र ३ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ संक्रमित निको भए, १४५ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७१६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ७१६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ५३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १९ हजार ३५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २९ लाख ७७ हजार ६५० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ४५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय