बलिउड अभिनेता रनवीर सिंहको अनौठो फेसन लुक्स भयो भाइरल

spot_img

एजेन्सी । बलिउड अभिनेता रनवीर सिंह हाल अनौठो फेसन लुक्सबाट भाइरल भइरहेका छन्।

रणवीरले बुधबार इन्स्टाग्राममा पोस्ट गरेका फोटोमा उनी निलो रङको ट्रयाकसुट र सुनको हारमा सजिएका देखिन्छन्। उनले गुच्चीको फोटो सुटमध्येको आफ्नो एउटा फोटो पोस्ट गरेका थिए।उनले खुट्टामा पहेलो रङको मोजा र त्योसँग मिल्ने पहेँलो सिसा भएको चस्मा लगाएका छन्। सुरुमा पोस्ट गरेको फोटो भाइरल भएसँगै रनवीरले त्यही पहिरनमा अर्को फोटो पनि इन्स्टाग्राममा पोस्ट गरेका थिए।

यो फोटोमा भने उनले थप रातो ह्याट र ट्रेन्च कोट लगाएका छन्। हातमा ज्याकी ब्रान्डको १९६१ को कालो पर्स बोकेको देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय