spot_img

नेपालगन्जमा पनि पहिलोपटक मनाइयो गाईजात्रा

spot_img
spot_img

नेपालगन्ज । बाँकेमा पनि यस वर्षदेखि गाईजात्रा मनाइएको छ । गाईजात्रा पर्वको अवसरमा साेमबार नेवाः पुचः बाँके र नेवाः देय दबु बाँकेको आयोजनामा नेपालगन्जमा गाईजात्रे झाँकीहरू प्रदर्शन गरिएकाे हो ।

बाँकेमा रहेका नेवार समुदायले एक वर्षभित्र दिवङगत भएका आफन्तहरूको सम्झनामा गाईजात्रा मनाएका हुन् । बाँकेमा पहिलो पटक मनाइएको गाईजात्रा झाँकी नेपालगन्जकाे धम्बोझी चोकबाट सुरु भई सेतुबिक चोक, त्रिवेणी मोड, बागेश्वरी टोल, घरबारी टोल हुँदै बागेश्वरी मन्दिर परिसर पुगेको थियो ।

सरकारले यस वर्ष पहिलोपटक गाईजात्राका अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने जितेन्द्र कुमार जोशीले बताउनुभयो ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको अर्का समाजसेवीले भन्नुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय