काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलका नेताबाट राजीनामा दिएका छन् । आज नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बसेको बैठमा उहाँले राजीनामा दिएका हुन् ।
राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै एमालेको प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आचार्यलाई आजै मुख्यमन्त्री बनाउने एमालेको तयारी रहेको रहेकाे छ ।
काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न बिहानै जहाजबाट विराटनगर गएका थिए । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

