जीतपुरसिमरा उपमहानगरपालिका अगाडि फोहोर फालेर बिराेध प्रदशन

spot_img

बारा १५ भदौ । पटक पटक आग्रह गर्दा पनि जीतपुरसिमरा उपमहानगरपालिकाकाले सडकमा थुप्रिएको फोहोर नउठाएपछि सिमराका युवाहरुले विरोध जताउँदै कार्यालयको गेट अगाडि फोहोर थुपारेका छन् ।

सडकमा थुप्रिएको फोहोर उपमहानगरले नउठाएकोले सिमराका युवाहरुको एक समुहले मंगलबार बिहान जीतपुरस्थित जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय गेट अगाडि फोहोर थुपारेर विरोध गरेको हो ।

उनीहरूले सिमरा चोकबाट आफैले फोहोर ट्याक्टरमा संकलन गरे उपमहानगरपालिकाका कार्यालय गेट अगाडि फोहोर फालेर सांकेतिक विरोध गरेका हुन् । घरायसीदेखि व्यापारिक र स्वास्थ्य संस्थासम्मका फोहोरहरू उठेका छैनन्‌ । जसका कारण घर तथा कार्यालयहरूमा फोहोर थुप्रिएकाे छ । सडकमा फोहोर थुप्रिएपछि दुर्गन्ध फैलिएको कारण यस्ताे कदम चाल्न बाध्य भएकाे जीतपुरसिमराका यूवाहरूले नेपाल पाेष्ट डेलीलाइ बताए ।

साथै उपमहानगरपालिकाकाले सडकमा थुप्रिएको फोहोर तुरून्तै नउठाए कडा कदम चाल्ने उनिहरूकाे भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय