भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन

spot_img

बीरगन्ज,२३ माघ – हिन्दी सिने जगतका सुप्रसिद्ध गायिका लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भए पछि मुम्बईको ब्रीच क्याण्डी अस्पताल उनको उपचार हुदै आएको थियो । कोभिड निमोनिया भएपछि लतालाई २९ दिनसम्म अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर डाक्टरहरुले उनलाई बचाउन सकेन् । सरवस्तीको बरदानको रुपमा भारत सहित बिश्वभरी नाम कमाएका मंगेशकरको बसन्त पंञ्चमी सरवस्ती पुजाकै दिन निधन भएको हो ।

पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका बारेमा एक भनाइ थियो, उनी न कहिल्यै सार्वजनिक रुपमा आफू रुन्थे न अरुले रोएको मन पराउँथे । तर ७ जनवरी सन् १९६३ मा लता मंगेशकरले कवि प्रदीपको गीत ‘ए मेरे वतनके लोगो’ गाइन्, तब भने नेहरुले आँशु रोक्न सकेनन् ।

गीत सुनेर निकै भावुक भएका नेहरुका आँखाबाट आँशु झरे । पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुका साथमा लता मंगेशकर ‘ए मेरे वतनके लोगो’ गीत गाएर लता स्टेज पछाडि कफी पिइरहेको बेला निर्देशक महबुब खाँले उनलाई नेहरुले बोलाएको खबर सुनाए । निर्देशक महबुबले लतालाई प्रधानमन्त्री जवाहरलाल नेहरु सामु लगे । ‘यिनै हुन् हाम्री लता, कस्तो लाग्यो यिनको गायकी’ भन्दै उनले नेहरुलाई सोधे । ‘निकै राम्रो लाग्यो ।

यिनले मेरो आँखामा पानी भरिदिइन्’ भन्दै नेहरुले लतालाई अंगालो मारे । लतामंगेशकरले हजारौं गितहरुमा अवाज दिएकिछिन् । उनको नाम गिनिज वुकमा रकर्ड रहेको छ । भारत सहित बिभिन्न देशले पनि ख्यातीप्राप्त पुरस्कारबाट सम्मानित गरेको छ ।

उनलाई भारत सरकारले भारतरत्नको सम्मान पनि प्रदान गरी सकेको छ । उनलाई भारतको अवाजको रुपमा पनि लिइन्छ । एक समय मंगेशकर भारतीय फिल्म जगतमा सबै संगितकारको एकमात्र रोजाई रहेकी थिइन् । मंगेशकर यो संसारबाट सदाको लागि बिदा भए पनि उनले संगित क्षेत्रमा दिएको योगदानको कारण सबैको सम्झना सधै रही रहने छिन् ।

बरसात’ फिल्मपछि करिअरले लियो उचाइ

सन् १९४९ मा चलचित्र ‘अन्दाज’ रिलिज भएपछि भारतीय संगीत दुनियाँको पहिलो पाँच स्थानमा सधैं लताको नाम रह्यो । तर आफू ८० वर्षको भएपछि लताले आफ्नो सांगीतिक यात्राको उचाइ राज कपुर र नरगिस अभिनित चलचित्र ‘बरसात’ आएपछि चुलिएको बताएकी थिइन् ।

‘सन् १९५६ मा मेट्रो मर्फीले संगीतकारलाई गायक खोज्न पूरै भारत पठायो, तर हामीले लताको जस्तो प्रतिभा कहीं भेटाउन सकेनौं । यो हाम्रो सौभाग्य हो कि लता हाम्रो जमानामा संगीतको दुनियाँमा आइन्,’ लताका बारेमा मदन मोहनले भनेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय