नेपालगन्ज । नेपालगञ्जको चिरपरिचित व्यक्तित्व मेयर बन्ने दौडमा रहेका लोकप्रिय प्रशान्त विष्ट कांग्रेसका युवा नेता हुन् । विष्ट नेपालगञ्जको मेयरका पदमा उम्मेदवारी दिएका छन् ।
अब्बल नेतृत्व क्षमता भएका उनि सबैसँगको सरल व्यवहार, सहयोगी भावना र असल स्वभावका कारण उनी नेपालगञ्जमा लोकप्रिय छन् ।
दिनरात सेवाभावका साथ जनताकै माझमा रहने विष्ट स्कुल इकाई कमिटिबाट राजनीति शुरु गरेका हुन, नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका उनि तेस्रो पटक नेपालगञ्ज नगर सभापतिमा निर्बाचित भएका व्यक्ति हुन् । लोकप्रिय मतका साथ तेस्रो पटक नगर सभापति भएका विष्टलाई मेयरको सबैभन्दा बलियो उम्मेदवार मानिएको छ ।
लोकप्रिय विष्ट पहिलोपटक २०५० सालमा महेन्द्र माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेविसंघ इकाई कमिटीमा आवद्ध भएका थिए । २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पसको इकाई कमिटी सदस्य बनेका विष्ट २०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सहसचिव चुनिएका थिए । २०५६ सालमै नेविसंघ नेपालगञ्ज अध्यक्ष बनेका विष्ट नेपालगञ्ज नगरकामा लोकप्रिय युवा नेताकाे रुपमा चिन्हि सकेका छन् ।
उनी २०५७ सालमा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनमा उपसभापतिको उम्मेदवार बनेर विजयी भएका थिए । २०५८ सालमा महेन्द्र बहुमुखी क्याम्पसको नेविसंघ इकाइ उपसभापति रहिसकेका विष्ट २०५९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनमा पनि नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भए । २०६१ सालमा पुनः उनी स्वतन्त्र बिद्यार्थी युनियनमा नेबिसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजय हासिल गरे ।
२०६२–६३ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट विद्यार्थी परिचालन कमिटीको कमाण्डर रहेका विष्ट जनआन्दोलनमा उनकाे ठुलाे भुमिका थियाे । उनले आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाएका थिए ।
२०६८ सालमा नेपालगञ्ज नगर कमिटीमा कांग्रेसको नगर सभापति पदमा निर्वाचित भएका उनी पुनः २०७३ सालमा उपमहानगरपालिका भए पश्चात् सर्बसम्मत नेपालगञ्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिएका थिए ।
प्रशान्त विष्ट नेपालगञ्जको चिरपरिचित व्यक्तित्व मेयर बन्ने दौडमा रहेकाले अन्य पार्टिका नेताहरुमा खाैला बाैला मचिएकाे छ । उनकाे लोकप्रियताले उनि नेपालगञ्जको मेयर पदमा राम्रौ मतले जीत हसिल गर्ने आंकलन गरीएको छ । उनले जीत हासिल गरेमा शिक्षा,स्वास्थ्य,कृषि पूर्वधार विकास र युवा रोजगार एवं समृद्धिको लागि काम गर्ने उनको भनाई रहेको छ ।




