spot_img

नेपालगन्जका लोकप्रिय प्रशान्त झन्डै दस हजार मतले अगाडि

मतगणनाको सुरुवात देखिनै फराकिलो मतान्तरले अगाडि रहेका विष्टनै विजयी हुने मतान्तरले स्पष्ट देखाएको छ ।

spot_img
spot_img

नेपालगन्ज उपमहानगरपालिमा गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएका प्रशान्त विष्टको अग्रता कायमै रहेको छ । १८ वटा वडाको मतपरिणाम अनुसार नेपाली काँग्रेसबाट उम्मेदवार रहेका प्रशान्तले १९ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् ।

त्यसै गरी एमालेबाट प्रमुख पदका उम्मेदवार रहेका पशुपति दयाल मिश्रले १० हजार एक सय सैतिस मत प्रप्त गरेका छन् । साथै राप्रपा उम्मेदवार नन्दलाल वैश्यले ६ हजार ६ सय ५५ मत ल्यएका छन् ।

उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका जसपाका कमरुद्दिन राई १४ हजार ७ सय ९५ मत सहित अगाडि रहेका छन् । भने एमाले उम्मेदवार शान्ति ढकालले ९ हजार ५ सय ९२ मत प्राप्त गरेकी छन् भने राप्रपा उम्मेदवार बिन्दु चर्तिमगरले ८ हजार ८ सय ९१ मतमा ढकालपछि छन् ।

२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा अब ३ वटा वडामा मात्रै गणना बाँकी रहेको छ । गणनाको सुरुवात देखिनै फराकिलो मतान्तरले विष्ट अगाडि रहेका थिए ।

२ वाट मात्रै वडा बाँकी रहदा उनको जीत पाक्का पक्की सुनिस्चित रहेको अाँकलन गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय