spot_img

नेपालगन्जका प्रशान्त विष्ट दोब्बरभन्दा बढी मतान्तरले विजयी

spot_img
spot_img

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट दोब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

सा गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका छन् । विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याएका थिए ।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । ०७४ मा मेयर जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत ल्याएर तेस्रो भएका छन् । उपप्रमुखमा निर्वाचित गठबन्धनबाट जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

त्यसै गरि राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत ल्याएकी छिन् । यसअघि नेपालगञ्जमा राप्रपाले मेयर र काँग्रेसले उपमेयर जितेको थियो । नेपालगन्जको मेयरमा धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय